सत्तारूढ नेकपाको स्थायी समिति बैठक बस्दै



काठमाडौँ –

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति बैठक आइतबार बस्ने भएको छ ।। नेकपा विधानमा स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि स्थायी समिती बस्न लागेको हो ।

। यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो । मंसिर २३को नेकपा सचिवालय बैठकले मंसिर २७ गते अर्को बैठक बसेर स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने, मंसिर १४ मा भएको उपनिर्वाचनको समीक्षा गर्ने, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने निर्णय गरेको थियो ।

स्थायी समिति बैठकमा सचिवालय विस्तार गरिने सम्भाबना छ ।

वरिष्ठ नेता माधव नेपालले यसअघि नै सचिवालयमा तत्कालीन एमालेतर्फका तीन नेतालाई थप गर्न प्रस्ताव गरे अनुसार तत्कालीन एमालेमा उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउने बारेमा  छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार  ५ : ४९ बजे