सेयर बजार दोहोरो अंकले घटेर २५३१ विन्दुमा



काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।

आज ४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घटे ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  ४ : १६ बजे