चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा



काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ–२’ को बुधबार प्रिमियर गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स सिनेमाजमा बुधबार कचलचित्रको प्रिमियर गरिएको हो ।

कपनगढी सिनेमा प्रा।लि। र फिल्म क्र्यु नेपाल प्रा।लि।को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित यो चलचित्र यही असोज २ गते ९शक्रबार०देखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन् ।

अघिल्लो शृङ्खला ‘झिङ्गेदाउ’ले दर्शकको मन जित्न सफल भएका कारण यसको दोस्रो भागप्रति पनि दर्शक र चलचित्रकर्मीमाझ निकै चासो देखिएको छ ।

प्रकाशित मिति : आश्विन १, २०८३ बिहीबार  १० : ३० बजे