न्यू सञ्चार,सोलुखुम्बु-
सोलुखुम्बुको सल्लेरिमा नेपाली कांग्रेस जिल्ला कार्यसमिती र प्रदेश सभा ,स्थानीय तह एबम भातृ तथा शुभेच्छुक सस्थाका प्रमुखहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
बैठकमा पार्टिको बर्तमान अवस्था र भाबी कार्यक्रमहरुका बारेमा छलफल गरिएको छ ।

उक्त कार्यक्रममा भाग लिन जिल्लाका सबै भुभागबाट नेपाली कांग्रेस आबद्द नेताहरु र सुभेच्छुकहरु सदरमुकाम सल्लेरी आएका थिए ।
बैठकमा बोल्दै कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसिले स्थानीय तहहरुमा पछिल्लो समय बढेको भ्रष्टाचार जिल्लाको बिकाशका लागी बाधक बनेको आरोप लगाए ।नेता केसिले भ्रष्टाचार नरोकिए जिल्लाको बिकाश अझै पछी धकेलिने उल्लेख गरे ।
भ्रष्टाचारको बिरुद्दमा एक्जुट हुन पनि नेता केसिले सबैलाई आग्रह गरे ।
तेस्तै बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुन्बु जिल्लामा नेपाली कांग्रेस एकजुट हुनुको बिकल्प नभएको बताए । नेता कार्किले कांग्रेस एक्जुट भए मात्रै कांग्रेसले अहिलेको सरकार र प्रतिस्पर्धी पार्टिको सामना गर्न सक्नेमा जोड दिए ।
सोलुखुम्बु जिल्लाको समग्र बिकाशलाई अघी बढाउदै अहिले जिल्लामा भइरहेको साधन श्रोतको दुरुपयोगलाई रोक्न समेत कांग्रेसलाई मजबुत बनाउन आवाश्यक रहेको बताउदै नेता कार्किले पार्टिलाई एक्जुट बनाए मात्रै मजबुत हुने र सबै शुभेच्छुकहरुको मनोबल उच्च हुने उल्लेख गरे ।
नेता कार्किले पार्टिलाई बलियो बनाउनका लागी एक्जुट हुन समेत सबैलाई आग्रह गरे ।
बैठकलाई सोलुखुम्बु कांग्रेसका शभापती बिनोद बस्नेत लगायत अन्य जिल्ला नेताहरुले सम्बोधन गरेका थिए ।
बैठकमा पार्टिलाई कसरी शसक्त र सुदृढ बनाउने लगायत पार्टिका बिभिन्न आन्तरिक योजनहरुमा छलफल भएको बताइएको छ ।

बैठकमा पार्टी जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, महासमिती सदस्य तथा महाधिबेशन प्रतीनिधिहरु , प्रदेश सभा ,स्थानीय तह एबम भातृ तथा शुभेच्छुक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र नेपाली कांग्रेसका सुभेच्छुकहरु सहभागी रहेका थिए ।










