बिहीबार सुनको मूल्य स्थिर



काठमाडौ. । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर छ।

बुधबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर छ। बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा कारोबारभइरहेको छ।

प्रकाशित मिति : आश्विन १५, २०८३ बिहीबार  ११ : २२ बजे