काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि भएको छ। आज विहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५३ कम्पनिका एक करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ मा कारोबार भएको थियो। आज बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रो बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १०।११ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर ९।३५ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ९।६६ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको २२ करोड ८१ लाख बराबरको कारोबार भएको छ।










