नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडमाथिको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४ अंकले बढेर २,५९५ को विन्दुमा कायम भएको छ ।

आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ४ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २५ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस संस्थाका लगानीकर्ताले १४।९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिज लाइन इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६।२९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : आश्विन २६, २०८३ सोमबार  ४ : ३८ बजे