काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९सोमबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो ९टनेल० गोलभेडा ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
आलु रातो ९लाम्चो० ५५ रुपैयाँ, रातो आलु ९गोलो० प्रतिकेजी ५० रुपैयाँ, आलु रातो ९मुडे० ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।
यस्तै बन्दा ९लोकल० ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० ५० रुपैयाँ, लाम्चो भन्टा ७० रुपैयाँ, डल्लो भन्टा ८० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी ९लोकल० ९० रुपैयाँ र घिउ सिमी ९हाइब्रिड० प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।
त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।
यस्तै समितिले स्याउ ९फुजी० प्रतिकिलो ३०० रुपैयाँ, स्याउ ९मुस्ताङ्ग० प्रतिकिलो २०० रुपैयाँ, केरा ९नेपाली० प्रतिदर्जन १५० रुपैयाँ, केरा ९मालभोग० प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा ९हरियो० ६० रुपैयाँ तोकिएको छ ।










