काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आगामी कार्तिक १२ गते हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको सूचनाअनुसार शपथ ग्रहण समारोह कार्तिक १२ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपामा आयोजना गरिने भएको छ।
समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको उक्त सूचनामा भनिएको छ, “नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण समारोह कार्तिक १२ गते अपराह्न २स्०० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपीनगर, ललितपुरमा हुने निश्चित गरिएको छ। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना र सादर निमन्त्रणा गर्दछौं।”
नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएपछि यो शपथ ग्रहण कार्यक्रम हुन लागेको हो। सभापति बाहेकको शपथ हुन लागेको हो । सभापति गगनकुमार थापाले गत बडादशैँको सप्तमीमै शपथ ग्रहण गरेका थिए ।
यो कार्यक्रमसँगै नयाँ कार्यसमितिले आफ्नो कार्यकालको औपचारिक शुरूआत गर्नेछ। सूचनामा पार्टीका सबै नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई तोकिएको समय र स्थानमा उपस्थित हुन आग्रह गरिएको छ।










