काठमाडौँ –
सत्तारुढ नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।स्थायी समिति बैठक सकिएलगत्तै भएको दुइ नेता बिचको भेटघाटमा आगामी सभामुख को बनाउने भन्ने बिषयमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।
संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने भएकोले सभामुख को बनाउने भन्ने बिषय छिटो टुङ्ज्ञाउने तयारिमा नेताहरु छन । सम्भवत पुस ११ गतेनै संसद सचिवालयले सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ ।
त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ । यही समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको हो ।
नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने र सुवास नेम्वाङलाई नयाँ सभामुख बनाउने अन्तिम तयारी गरी सकेको नेकपा निकट श्रोतले जनाएको छ ।








