कर्णालीले दियो काठमाण्डूलाई १८१ रनको लक्ष्य



काठमाडौं,कात्तिक १६ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो।

कर्णालीले अब खेल जित्न काठमाडौं गोर्खाजलाई १८१ रनमा रोक्नुपर्नेछ भने काठमाडौं गोर्खाजले जितका लागि १८१ रन बनाउनुपर्नेछ।

प्रकाशित मिति : कार्तिक १६, २०८३ सोमबार  २ : ५० बजे