माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा



काठमाडौं । पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ ।

मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो ।

अख्तियारले सार्वजनिक जग्गा व्यक्तिका नाममा छुट दर्ता गराउने प्रक्रियामा कैफियत देखिएको भन्दै मुद्दा अघि बढाएको हो। हाल विशेष अदालतमा मुद्दा रुजु हुने क्रममा रहेको छ।

यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

प्रकाशित मिति : कार्तिक १७, २०८३ मंगलबार  १ : २२ बजे