कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ८ गते बस्ने भएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार सूचना जारी गर्दै बैठक मंसिर ८ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन्।

बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ।

प्रकाशित मिति : मंसिर ४, २०८३ शुक्रबार  १० : ४१ बजे