समाजवादी पार्टीद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्तालिने औपचारिक निर्णय



काठमाडौं –

समाजवादी पार्टीले सो पार्टीको कार्यकारिणी बैठक बसेर केपि शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छ । बुधबार बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरी समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।

ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको पत्रकार सम्मेलनमा  जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसंगै समाजवादी प्रतिपक्षको भूमिका निर्वाह गरेको निर्णय गरेको जानकारी गराउँछु’ उनले भने ।

प्रकाशित मिति : पुस ९, २०७६ बुधबार  ९ : ११ बजे