कम्युनिष्ट एकताको प्रयास जारी छ, एमालेसँग पनि छलफल भइरहेको छः प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्  ।
काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकतावद्ध गर्ने अभियानलाई अझै तिबव्र बनाउने बताएका हुन्  ।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ ।
एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने उल्लेख गर्दै दाहालले कम्युनिष्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताए ।

प्रकाशित मिति : मंसिर १२, २०८३ शनिबार  ५ : ४४ बजे