ओखलढुंगा-
चिशंखुगढी गाउपालिका ८ माम्खा स्थित श्री माम्खा माविमा पुस्तकालय स्थापना गरिएको छ । ओखलढुंगा पर्यटनका अध्यक्ष समाजसेवी तथा नेपाली कांग्रेसका नेता लिला बल्लदभ दाहाल (काका) को सहयोगमा विकल्पका लागि आवाज नेपालले पुस्तकालय स्थापना गरेको हो ।
दुर्गमका नागरिकको शैक्षिक स्तर बृद्धि गर्दै उच्च तहको सरकारी सेवामा प्रवेश गराउने उद्देश्यका साथ लोकसेवा आयोग, इतिहास, भूगोल, राजनीति, साहित्यीक, विद्यालयको पाठ्याक्रम अनुसारका र नेपाली, अंग्रेजी शब्दकोष गरी ७ सय थान भन्दा बढी पुस्तक उपलब्ध गराएको समाजसेवी लिलाबल्दभ दाहालले बताए ।
विद्यालयमा आज एक औपचारिक कार्यक्रम गरी ६ लाख बराबरको पुस्तकहरु विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलालाई हस्तान्तरण गरिएको दाहालले जानकारी दिए । दुर्गमका नागरिकको शैक्षिक उन्नयन र ओखलढुंगेलीहरुको लोकसेवामा पहुँच बृद्धिका लागि सामुदायिक विद्यालयमा पुस्तकालय अभियान अन्र्तगत माम्खा माविमा पुस्ताकालय स्थापना गरिएको र यो अभियानलाई निरन्तरता दिइरहने दाहालले प्रतिवद्धता समेत व्यक्त गरे ।
२०१८ सालमा स्थापना भए पनि पुस्तकालयको अभाव झेलीरहेको माम्खा माविमा पुस्तकालय स्थापना भएसंगै स्थानीय बुद्धिजिवी तथा शिक्षासेवीहरुले खुसी व्यक्त गरेका छन् । उक्त विद्यालयमा अध्यान गरेका धेरै व्यक्तिहरु माथिल्लो निकायमा पुगेका स्मरण गराउदै माम्खा माविका पूर्व प्रधानाध्यापक शिक्षासेवी उत्तर कुमार कट्वालले माम्खाको शैक्षिक अवस्था सुधारका पुस्तकालयले निकै सहयोग पुग्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार संगै दुर्गमका नागरिकको शैक्षिक उन्नयनका लागि पुस्तकालय स्थापना गरेर माम्खावासीलाई सहयोग पुर्याएको भन्दै सहयोगि दाताहरु प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।
पुस्तकालय स्थापनाका लागि आवश्यक फर्निचरको व्यवस्था विद्यालयले मिलाएको विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलाले जानकारी दिए । प्रदेश नम्बर ३ का नेपाली कांग्रेसका सांसद नरोत्तम बैध्यको प्रमुख आतिथ्यतामा भएको पुस्तकालय हस्तान्तरण तथा उद्घाटन समारोहमा प्रदेश सांसदहरु दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, नेपाली कांग्रेस ओखलढुंगाका नेता बालकृष्ण दाहाल, कुमार लुइटेल नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नविन राई लगायत नेता तथा शैक्षिक सरोकारवालाहरुको उपस्थििति रहेको थियो । विकल्पका लागि आवाज नेपालले गत बर्ष सिद्धिचरण नगरपालिका वडा नम्रब ३ नारायणस्थान माविमा पनि पुस्तकालय स्थापना गरेको थियो ।
ओखलढुङ्गान्युज, पौष १५, ओखलढुङ्गा । राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई ओखलढुङ्गाले जिल्लाका ३५ वडालाई सम्मानित गरेको छ । भुकम्प गए पश्चात पूननिर्माणको कामका लागि प्राधिकरणको स्थापना भएको चार वर्ष पुगेको अवसरमा जिल्लाका ३५ वडालाई पुननिर्माण सम्पन्न वडा घोषणा गर्दै सम्मानित गरेको हो ।
ओखलढुङ्गा जिल्लाका ७५ ओटा वडाहरु मध्ये ३५ ओटा वडाहरुले पूननिर्माणको काम सम्पन्न गरेको प्राधिकरणको तथ्यांक छ । सोही तथ्यांकलाई आधार मानेर शनिवार एक कार्यक्रमको आयोजना गरि ति वडाहरुलाई पुननिर्माण सम्पन्न वडा घोषणा गर्दै सम्मानित गरेको हो । पुननिर्माण सम्पन्न भएका वडाहरुलाई संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले पुननिर्माण सम्पन्नताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
जिल्लामा ब्यक्तिगत आवास तर्फ ९० प्रतिशत भन्दा माथी प्रगती हासील गरेका वडाहरुलाई सम्मान गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वाधार ओखलढुङ्गाका आयोजना प्रमुख युवराज खरेलले बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वय इकाईको सर्वेक्षणमा पूनः निर्माण तर्फ बढी प्रगती हासील गरेका वडाहरुलाई घोषणामा छनौट गरिएको हो ।
जिल्लामा सबैभन्दा चुनौतीपुर्ण मानिएको पुननिर्माणलाई वडापालिकाको समन्वयमा पुरा गरिएको छ । वडापालिकाले लाभग्राही छनोट देखी भुक्तानी नलिदासम्म सहजीकरण गरेको वडा अध्यक्षयहरु भनाईछ । वडा अध्यक्षहरुले निर्वाचन पश्चात गाउँको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको र अझै प्रवलीकरण तथा छुटफुट भएका घरहरु बाकीँ रहेकाले त्यसलाई समेत चाडै सम्पन्न गर्ने सम्मानित वडा अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् ।
पुननिर्माण सम्पन्न गर्ने वडाहरुमा सिद्धिचरण नगरपालिकाको वडा नं. ६ जन्तरखानी, मानेभज्याङ गाउँपालिकाको वडा नं. २ वाक्सा, मोलुङको १ कुन्तादेवी, वडा नं. ५ प्राप्चा, वडा नं. ६ श्रीचौर र वडा नं. ७ पात्ले रहेका छन् । त्यस्तै लिखुको वडा नं. ३ नर्मदेश्वर, वडा नं. ४ यसम, वडा नं. ५ यसम, वडा नं. ६ र ७ गाम्नाङ्गटार, वडा नं. ८ टारकेराबारी र वडा नं. ९ पोकली रहेका छन् । चिशंखुगढीको ४ र ५ नम्बर वडामा पनि पुननिर्माणको ९० प्रतिशत माथी काम सकिएको छ ।
त्यस्तैगरि सुनकोशीको वडा नं. २ बलखु, वडा नं. ३ र ४ सिस्नेरी, वडा नं. ८ च्यानम र वडा नं. ९ कटुञ्जे, त्यस्तै खिजिदेम्बाको वडा नं. २ रगनी, वडा नं. ४ खिजीकाती, वडा नं. ५ र ६ खिजीफलाटे, वडा नं. ७ रावादोलु, वडा नं. ८ भुसिंगा र वडा नं. ९ पात्ले रहेका छन् । त्यसैगरि चम्पादेवी गाउँपालिकाको वडा नं. १ पलापु, वडा नंं. ३ कालिका, वडा नं. ४ र ५ फेदिगुठ, वडा नं. ६ र ७ फुलवारी तथा वडा नं. ८ विलन्दु रहेका छन् ।
जिल्लाका कुल लाभग्राही मध्ये ब्यक्तिगत आवास तर्फका १८ हजार ५ सय ५८ जनाले तेस्रो किस्ता बापतको रकम लिइसकेका छन । भुकम्पपछि निमार्ण भएका सडक, बिद्यालय, पुल, एकिकृत बस्ती, बस्ती स्थानान्तरण, खानेपानी लगायतका संरचना समेतको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । तथापी विद्यालयको पूननिर्माणको गतिले भने सोचे अनुसारको तिब्रता पाउन सकेको छैन ।
ओखलढुङ्गामा हालसम्म पुननिमार्णका लागी प्राधिकरणले ५ अर्व ८२ करोड ३७ लाख ५० हजार रुपैया खर्चिएको कार्यालयले जनाएको छ ।








