काठ्माण्डौ-
कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सामाजिक सञ्जालको दूरुपयोगको निहुँ बनाएर यसको सकारात्मक प्रयोग, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिको गोपनियताको हकमै आघात पार्ने क्रियाकलापतर्फ सरकार अगाडि बढेको आरोप लगाएका छन ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो भनऐ राख्दै नेता पौडेलाले सामाजिक सञ्जालको दूरुपयोगको समाधानका लागि सामाजिक र कानुनी रूपमा स्वीकार्य, लोकतान्त्रिक र अभिव्यक्ति स्वतन्त्रतालाई हनन् नगर्ने उपायहरू अबलम्बन गर्न सकिने सरकारलाई सुझाब दिएका छन ।
सरकारको पश्चगामी र अभिव्यक्ति स्वतन्त्रता खुम्चयाउने नकारात्कमक कदमका विरुद्ध सबैतिरबाट दबाव बढाउन समेत नेता पौडेलले सबैलाई आग्रह गरेका छन ।
प्रतिपक्षी पार्टी नागरिक समाज र बौद्दिक समुदायको समेत बिरोध रहदा रहदै सरकारले सुचना प्रविधि विधेयक जबर्जस्ती अघाडी बढाएपछी उक्त बिधेयकलाई लिएर सरकारको सर्बत्र आलोचना बढेको छ ।








