न्यू सञ्चार, मोरङ-
मोरङमा करिब २०० जना नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।
राष्ट्रि एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा उनिहरु नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन ।नेकपाका नेताहरु सत्तामा पुगेपछी जनतालाई बिर्सेर भ्रष्टाचार , बिलासिता र आत्मरतिमा रमाउन थालेकाले नेकपाबाट देश परिवर्तनको सम्भाबना नदेखेर आफुहरु काँग्रेस प्रवेश गरेको उनिहरुले बताएका छन ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित उक्ल्ता कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिरहेको बताएका छन् । पौडेलले काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्न तयार हुनुपर्ने पनि बताए ।
सरकार नीतिगत रूपमै भ्रष्टाचार संरक्षण गर्न लागेको दावी गर्दै उनले त्यसविरुद्ध काँग्रेसको खबरदारी जरुरी रहेको बताए । अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै प्रतिपक्षको रुपमा काङ्ग्रेसले प्रभावकारी भूमिका गर्न नसके निरासा बढेर जानसक्ने उल्लेख गर्दै उनले त्यसका लागि सबैभन्दा पहिले काँग्रेस आफै सच्चिनुपर्नेमा जोड दिए ।








