राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने काँग्रेस बैठकको निर्णय



काठमाडौं-

नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिएको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो ।

तेस्तै राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई सहयोग एवं समर्थन गर्नका लागि संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा रहेका सबै राजनैतिक दलहरु र सबै मतदाताहरुलाई नेपाली कांग्रेसले आग्रह गरेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहभागिता रहेको थिएन । गत मंसिर २६ गते यता पौडेल पक्षधर नेताहरु केन्द्रीय समिति बैठकमा अनुउपस्थित हुँदै आएका छन् । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल पक्ष सहभागी भएको थिएन ।

 

प्रकाशित मिति : पुस १७, २०७६ बिहिबार  १ : ४१ बजे