राजपाले छान्यो राष्ट्रियसभा सदस्यका उम्मेदवार



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको हो ।

राजपाले वरिष्ठ उपाध्यक्षद्धय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मृगेन्द्र अन्य समूह र शेखर अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उम्मेदवार हुनेछन् ।

प्रदेश नम्बर २ मा राजपाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ । माघ ९ मा चुनाव हुने चार सिट मध्ये दुई सिट राजपाले लिएको छ भने दुई सिटमा उसले नेकपाको उम्मेदवारलाई समर्थन गर्नेछ ।

प्रकाशित मिति : पुस १९, २०७६ शनिबार  १२ : २० बजे