पुस २०, काठ्माण्डौ-
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र नेविसंघबीच भएको वार्ताबाट त्रिवि पेरिसअरमा रहेको प्रहरी चौकी हटाउने सहमति भएको छ ।
सहमति पत्रमा निर्देशनालयका कार्यकारी निर्देशन गंगाबहादुर थापा मगर र नेविसंघका त्रिवि समिति सचिव योगन्द्र रावलले हस्ताक्षर गरे सगै प्रहरी चौकिओ हट्ने भएको हो ।
शैक्षिक संस्थामा प्रहरी चौकी राख्न नहुने भन्दै नेपाल विद्यार्थी संघले निरन्तर आन्दोलन गर्दै आएको थियो ।
कीर्तिपुरस्थित विश्वविद्यालय हातामाभित्र आयुर्वेद क्याम्पस र आयुर्वेद अस्पतालको अगाडि प्रहरी चौकी छ।
त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने पनि सहमति भएको छ ।
त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटालाई नेविसंघले समस्या समाधानका लागि १५ दिने अल्टिमेटम दिएपछि छलफल भएको थियो।
त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने पनि सहमति भएको छ।








