नेतृत्व अनुदार र असहिष्णु भएको काँग्रेस जिल्ला सभापतिहरुको आरोप : यस्तो छ ४ बुँदे ध्यानाकर्षणपत्र



पुष २१ काठ्माण्डौ-

नेपाली काँग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले काँग्रेस नेतृत्व अनुदार र असहिष्णु भएको आरोप लगाएका छन् ।

असन्तुष्ट जिल्ला सभापतिहरुको पार्टी कार्यालय सानेपामा सोमबार सुरु भएको भेलामा चार बुँदे ध्यानाकर्षण पत्र पेश गर्दै नेतृत्व अनुदार र असहिष्णु भएको आरोप लगाएको हो

केन्द्रीय कार्यसमिति समिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेकोमा जिल्ला सभापतिहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
केन्द्रीय समिति बैठकले महासमिती बैठकले गरेकाअ निर्णय उल्ट्याएको पनि सभापतिहरुले आरोप लगाएका छन ।

प्रकाशित मिति : पुस २१, २०७६ सोमबार  ८ : १० बजे