कांग्रेस महासमिति सदस्य रायको निधनप्रती बरीष्ठ नेता पौडेलद्धारा दुःख व्यक्त



पुस २२ कठ्माण्डौ-

नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ५५ वर्षीय ललनकुमार रायको वर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको घटना प्रती कांग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेलले दुख ब्यक्त गरेका छन ।

सामाजिक सञ्जाल मार्फत शोक सन्देश सार्बजनिक गर्दै बरीष्ठ नेता पौडेलले स्वर्गिय  रायले नेपालको प्रजाअन्त्रीक आन्दोलनमा  पुर्याएको सक्रिय योगदानको स्मरण गरेका छन ।पौडेलले रायको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

साथै बरीष्ठ नेता पौडेलले सोही घटनामा परी घाईते भएका नेका महोत्तरीका क्षेत्रीय सभपाति राधवेन्द्र झा, तथा जयप्रकास चौधरीसहितको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन ।

प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार  १२ : ०७ बजे