सञ्चारमन्त्रीलाई गगन थापाको प्रश्न :सूचना प्रविधि विधेयकका शब्द-शब्दमा छलफल गर्न तयार छु,तपाइ तयार हुनुन्छ ?



पौष २४ , काठ्माण्डौ-

कांग्रेस सांसद  गगन थापाले एबम युबा नेता सूचना प्रविधि विधेयकका शब्द-शब्दमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताउदै छलफलका लागि कहाँ आउने भनेर मन्त्री बाँस्कोटालाई प्रश्न समेत पनि गरेका छन्।

 

सूचना प्रविधि विधेयकको बिरुद्दमा माइतिघरमा गरिएको बिरोध सभालाई सम्बोधनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई प्रश्न गर्दै नेता थापाले भने ‘विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी ? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्नेर?, ‘यो विधेयकको धारा-धारामा, दफा-दफामा छलफल गर्न तयार छु।’

उनले सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रता कुण्ठित हुने दाबी गर्दै थापाले थपे ‘मन्त्री बाँस्कोटाले विधेयक नपढी बोलेको प्रतिक्रिया दिनुभएछ, प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्न तयार छु’।नेता थापाले काम गरेर मुख बन्द गर्ने आँट नभएपछि विधेयक ल्याएर तर्साउन खोजिएको दाबी गरे । थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई विधेयकका धारा र दफामा छलफलका लागि तयार हुन चुनौतीसमेत दिए । केही दिनअघि मन्त्री बास्कोटाले विधेयक अध्ययन नै नगरेर विरोध गरेको आरोप लगाएपछि उनले यस्तो चुनौती दिएका हुन् ।

आलोचना गर्नेलाई काम गरेर जवाफ दिन प्रधानमन्त्रीले सक्नुपर्नेमा कार्यकर्ता  परिचाल गरेको उनले बताए।

कांग्रेसको मात्रै बलले उक्त बिधेयक सांसदबाट रोक्न नसकिने उल्लेख गर्दै नेता थापाले अब जनता सडकमा आउनुपर्ने बेला भएको भन्दै सडकमा आउन सबैलाई आग्रह समेत गरे ।

 

प्रकाशित मिति : पुस २४, २०७६ बिहिबार  ११ : १३ बजे