टिपरले किचेर हत्या गरिएका दिलीपकुमारको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने



धनुषा-

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं . ५ श्रीपुरस्थित रहेको औरही खोलामा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश-२ सरकारले राहत दिने निर्णय गरेको छ। उनले अबैध उत्खनन् रोक्न माग गर्दै आएका थिए ।

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं . ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको थियो।

प्रदेश २ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिए।

प्रकाशित मिति : पुस २८, २०७६ सोमबार  ६ : २० बजे