काठमाडौं-
भारतले नेपालको लागि नयाँ राजदूतमा विनय मोहन क्वात्रालाई नियुक्त गरेको छ । हाल फ्रान्सका लागि भारतीय राजदूत रहेका क्वात्रा अब नेपालका लागि भारतीय राजदूत हुनेछन् । यस अघिका नेपालका लागी भारतिय राजदुत मञ्जीव सिंह पुरीको कार्यकाल डिसेम्बरको अन्त्यसँगै समाप्त भए पछी नयाँ राजदुतका रुपमा उनि नेपाल आउने भएका हुन्
क्वात्रा विगत ३० वर्षदेखि भारतीय कूटनैतिक सेवामा कार्यरत छन् । यसअघि उनले भारतको प्रधानमन्त्री कार्यालयमा ज्वाइन्ट सेक्रेटरीको रुपमा काम गरेका थिए । त्यसपछि उनी भारतीय विदेश मन्त्रालयमा पोलिसी प्लानिङ एण्ड रिसर्च डिभिजनमा गएका थिए । क्वात्रा फेब्रुअरीको सुरुवातमा नेपाल आइपुग्ने अनुमान गरिएको छ ।
सन् १९८८ मा कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा फ्रान्समा राजदूत छन्। उनी यसअघि सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्म निर्देशकको रूपमा नेपालमा थिए। राष्ट्रसंघका लागि जेनेभा र न्युयोर्क दुवै स्थान, चीन र अमेरिका काम गरिसकेका उनी अनुभवी कूटनीतिज्ञको रूपमा चिनिन्छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्राको एग्रिमोका लागि भारतले प्रस्ताव पठाइसकेको छ। तर एग्रिमो भने पठाइसकिएको छैन। क्वात्राले आगामी फेब्रुअरीदेखि पद सम्हाल्नेछन्।








