कांग्रेस वरिष्ठ नेता पौडेल र भारतिय रक्षामन्त्री सिंहबिच भेटवार्ता



माघ १,काठ्माण्डौ-

उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।उक्त भेटबार्ता बारे पौडेलले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन ।

भेटमा नेपाल र भारत बीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन । भारतका रक्षामन्त्री राजनाथ सिंह(भारतीय जनता पार्टी) भाजपाका पूर्वअध्यक्ष समेत हुन ।

रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नेता पौडेल सोमबारदेखी हाल नयाँ दिल्लीमा रहेका छन ।

प्रकाशित मिति : माघ १, २०७६ बुधबार  १० : ३३ बजे