माघ ३, काठ्माण्डौ-
कांग्रेस युवा नेता प्रदीप पौडेलले प्रेस जगत सरकार र प्रधानमन्त्रीको भरिया नभएको बताएका छन ।
प्रधानमन्त्रीको अलोकप्रियतालाई ढाकछोप गरेर प्रशंसा गरिदिनकाका लागि धम्कीको भाषामा प्रधानमन्त्रीले गरेको गरेको कुटिल याचनालाई सम्पादकहरुले ठाडै प्रतिवाद गरेकोप्रती पनि नेता पौडेलले खुशी ब्यक्त गरेका छन ।
उनले नेपाली प्रेस जगतले सत्यको बाटो नछोडेको आसय ब्यक्त गर्दै प्रेसको आलोचनात्मक चेत लोकतन्त्रको शौन्दर्य हो भनेका छन ।
नेपाली प्रेस जगतले सत्ताको स्वार्थ बिपरित पनि देखाएको आलोचनात्मक चेतनाका प्रती सङ्केत गर्दै नेता पौडेलले सम्पादक ज्यूहरूको कलम र मुटु दुवैलाई नमन भनेका छन ।
प्रधानमन्त्री केपी ओलिले प्रेस जगतले सरकारको प्रशंसा नगरेको र सम्पादकहरुको मुटु नभएको भनि दिएको अभिब्यक्तीप्रती सञ्चारजगत र नागरिक स्तरमा प्रधानमन्त्री ओलिको आलोचना बढी रहेको छ ।
नेता पौडेलको ट्विट
प्रेस सरकारको भरिया होइन ।प्रधानमन्त्रीले अलोकप्रियताको ग्राफ चढिरहेको सरकारको प्रशंसाका लागि धम्कीको भाषामा गरेको कुटिल याचनालाई सम्पादकहरुले ठाडै प्रतिवाद गरिरहनुभएको छ।प्रेसको आलोचनात्मक चेत लोकतन्त्रको शौन्दर्य हो ।सम्पादक ज्यूहरूको कलम र मुटु दुवैलाई नमन।
— Pradip Paudel (@paudelpradipNC) January 16, 2020










