प्रेस युनियनको नवौं महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा हुने



काठमाडौं ।

नेपाल प्रेस युनियनको चितवनमा जारी केन्द्रीय समिति बैठकले युनियनको नवौं महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा गर्ने  निर्णय गरेको छ ।

बैठकले अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा माघ मसान्तसम्म अधिवेशन सक्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक चितवनमा जारी छ ।

काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा युनियनको जिल्ला अधिवेशन हुन बाँकी छ ।

प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार  १२ : ०३ बजे