माघ १० काठ्माण्डौ-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ माघ १३ गते सोमबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
गत पुस ११ गतेको केन्द्रीय कार्य समिति बैठकमा संस्थापन इतर समुहले भाग नलिएपछी कांग्रेस भित्र बढेको बिबाद समाधान नजिक पुगेपछी सबै पक्षको सहमतिमा माघ १३ बैठक बोलाईएको कांग्रेस श्रोतले बताएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौड्यालले बिज्ञप्ती मार्फत जानकारी दिएका छन । नेपाली कांग्रेसमा जारी आन्तरिक विवाद अन्त्यका लागि आज शीर्ष नेताहरुका बीचमा छलफल सकारात्मक ढङ्गले अघी बढेको र नेताहरु बिचमा सहमती भएको छ ।
आजको सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का पूर्बमहामन्त्रीद्धय प्रकाश्मान सिंह र कृष्ण सिटौलालगायत नेताहरु छलफलामा सहभागी रहेका थिए ।
नेताहरुको बैठकले पछिल्लो समय बिबाद भइरहेका सबै विषय सहमतिमै हल गर्ने र आगामी महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात ०७७ फागुन ७ देखि १० गते गर्ने सहमति भएको छ।यधपी निर्बाचन समितिसग आवश्यक परामर्ष गरी महाधिबेशनको अन्य कार्यतालिका संशोधन गर्न भने सभापती देउबा सहमत भएको कांग्रेसका एक नेताले न्यू सञ्चारलाई बताए ।
शीर्ष नेताहरुबीचको छलफलमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अध्यक्ष सभापतिले तोकेको व्यक्ति बनाउने सहमति भएको छ । सभापति देउवाले यसअघिकै बैठकमा राजीब ढुंगानाको नाम नेविसंघ अध्यक्षका लागि प्रस्ताव गरेका थिए।
त्यसैगरी कार्यसमितिमा भने सबैको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति बनाउने सहमति भएको छ ।नेपाल तरुण दलको यसअघिकै कार्यसमितिको म्याद छ महिना थप गर्ने सहमति भएको छ ।
क्रियाशील सदस्यता बितरण तथा केन्द्रिय समिती बैठकले निलम्बन गरेका बिधानका धाराहरुका बिषयमा पनि सहमती बनाउन छलफल जारी रहेको र आवश्यकता अनुसाए छलफल अघी बढाउदै लागिने र सबै बिषय सहमतिमै हल हुने उनले बताए ।








