सभामुख सापकोटाले भने- सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केहि बोल्दिन



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहणगरे लगत्तै आफु सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन्। सभामुख सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन्।

काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाएकोमा विरोध भइरहेको छ नि ? भन्ने प्रश्नमा सापकोटाले लोकतन्त्रमा विरोध भइरहने बताए।

सापकोटाले सभामुख सपथ खाइरहँदा राष्ट्रपति निवास बाहिर विरोध प्रदर्शन गरेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : माघ १३, २०७६ सोमबार  ७ : १४ बजे