२०७७ चैत्रमा नेकपाको महाधिवेश गर्न प्रस्ताव



सत्तारुढ  नेकपाको महाधिवेशन आगामी वर्षको चैतमा गर्ने प्रस्ताव गरिएको छ। बुधबार राजधानी काठमाडौंमा शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा महाधिवेशन अर्को वर्षको अन्तिम महिनामा गर्नेगरि प्रस्ताव गरिएको छ ।

२०७७ चैत २५ देखि ३० महाधिवेशन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।प्रतिवेदनमा २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन गर्ने र चैतमा राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख गरिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर बनेको नयाँ दल नेकपाको महाधिवेशन भएको छैन।

२०७७ चैतमा गरिने महाधिवेशन कतिऔं हुने भन्नेबारे प्रतिवेदन मौन रहेको बताइएको छ।

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  १२ : २७ बजे