एमसीसीबारे अध्ययन गर्न नेकपाले बनायो कार्यदल, भिम रावल पनि सदस्य



सत्तारुढ नेकपाको केन्द्रीय कार्यसमिति बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रश्न उठे पछी एमसीसी बारे सुझाव संकलन गर्न नेकपाले कार्यदल गठन गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।

कार्यदललाई १० दिनको समय दिइएको बताइएको छ ।

एमसीसीका विषयमा सत्तारूढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरू व्यक्त भइरहेका छन् । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ भने एमसीसी मुद्दाले नेकपा भित्र  बिबाद उत्पन्न गराइ रहेको छ ।

एमसीसी बारे सुझाव संकलन गर्न गठित कार्यदलमा प्रस्ताब गरिएका नेकपा नेता भिम रावलले अहिलेकै अवस्थामा एमसिसी पास गर्न नहुने अडान लिइरहेका छन ।

प्रकाशित मिति : माघ १९, २०७६ आइतबार  ९ : ५७ बजे