विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसले अख्तियार सरकारको लाचार छाया बनेको भन्दै तीव्र विरोधका बिच आजको प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध गरेको छ।
आजको बैठक शुरु हुनसाथ ले बैठक सुरु गरेलगत्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको भन्दै बैठक अघि बढ्न नदिने बताइन्।
यसैबिच कांग्रेस पदाधिकारी बैठकले बालुवाटार प्रकरणमा तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवलाई चोख्याएर मन्त्रीलाई पूर्वाग्रही ढंगबाट कारवाही गर्न लागिएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने चेतावनी दिएको छ ।
यस बारेमा कांग्रेसले आज अपरान्ह पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ ।








