नेविसंघको आक्रोस : ‘अख्तियार नेकपाको भातृ संगठन जस्तो नबनोस



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा दोषीलाई उन्मुक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको माइतीघरमा नेविसंघ र तरुण दल विरोध प्रदर्शन गरेका हुन् ।

आयोगले बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको भन्दै कांग्रेसका कार्यकर्ताले भ्रष्टाचार सरकार चाहिँदैन,निर्दोषलाई फसाउन पाइँदैन,संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर,विभेद र पूर्वाग्रह मानिँदैन,काण्डैकाण्डको सरकार चाहिँदैनलगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन्।

बिरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानाले अख्तियारको निर्णय नेकपाका नेताहरुलाई नियतवश रुपमा बचाउने भएको बताए । उनले भने “यो आन्दोलन विजय गच्छदारलाई बचाउनु पर्‍यो भनेर भएको होइन । यो निर्णय गर्दा प्रधानमन्त्री माधव नेपाल हुनुहुन्थ्यो ।’

तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले सैंवधानिक नियायहरुलाई समेत पार्टीको गोटी बाउने खोजेको बताए । उनले भने ‘ सैंवधानिक नियायहरुलाई पार्टीको गोटी बनाएर सरकारले यो कदमलाई अघि बढाएको छ । हामी यसको बिपक्षमा छौ ।’

नेताहरूले आफूहरू पार्टीका उपसभापति गच्छदारको बचाउका लागि प्रदर्शनमा नउत्रिएको बरु अख्तियार पूर्वाग्रही रूपमा लागेर कसैलाई काखा र कसैलाई पाखा गर्न उद्दत रहेका कारण सडक संघर्षमा उत्रिएको समेत बताए  ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो।

प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार  ९ : ४२ बजे