डडेल्धुरा अस्पतालको सेवा सुविधामा विस्तार



समायोजन संगै चिकित्सक विहिन जस्तै वनेको डडेलधुरा अस्पतालको सेवा सुविधा पछिल्लो समयमा विस्तार हुँदै गएको छ । सुदुरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आए संगै अस्पतालको सेवा सुविधामा विस्तार हुँदै गएको हो ।

चिकित्सकको अभावका कारण सेवा सुविधा खस्कदै गएका समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृति तर्फका चार जना विशेषज्ञ चिकित्कस पठाएको छ । यस अस्पतालमा हाल नौजना विशेषज्ञ चिकित्सक रहेका छन् । जस्मा दुई जना स्त्रीरोग विशेषज्ञ, एक जना हाड जोर्नी, एक जना जनरल फिजिसिएन, एक जना दन्तरोग, एक जना एनेस्थेसीया, दुई जना वालरोग र एक जना एम्डीजिपि सहित नौ जना विशेषज्ञ चिकित्सक रहेका छन्।

विशेषज्ञ चिकित्सक आए संगै हाड जोर्नी, वालरोग ,महिला तथा प्रसुति रोग, एण्डोस्कोपी सहित जनरल सल्यक्रिया सेवा सुचारु भईसकेको अस्पतालका निमित्त मेसु जगदिश चन्द्र विष्टले वताउँनु भयो । विशेषज्ञ चिकित्सक आएको भएपनि मेडीकल अधिकृत एक जना मात्रै हुँदा विशेषज्ञ चिकित्सकले दिने सेवा सुविधा पनि विरामीले सहज रुपमा पाउन नसकेको निमित्त मेसु विष्टले वताउँनु भयो ।

सुदुरपश्चिमका पहाडि जिल्लामा सवैभन्दा वढी समस्याका रुपमा रहेको हाड जोर्नीका लागि विशेषज्ञ चिकित्सक आईसकेकाले अवका केही दिनमै हाडजोर्नीको सल्यक्रिया सेवा पनि संचालनमा आउने समेत अस्पताल प्रशासनले जनाएको छ । डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आए संगै डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका पहाडि जिल्ला बैतडी, दार्चुला , डोटी, वझाङ जिल्लाका विरामीलाई उपचारका लागि सहज भएको छ ।

प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार  १२ : ५८ बजे