न्यायिक निकायहरु सरकार र राजनितिक दलबाट प्रभाबित हुन मिल्दैन : कांग्रेस महामन्त्री डा.कोईराला



कांग्रेस महामन्त्री डा . शशांक कोईरालाले देशका न्यायिक निकायहरुले सबैलाई समान ब्यबहार गर्नुपर्ने बताएका छन ।

शुक्रबार काठ्माण्डौको महाराजगन्जस्थित आफ्नै निबासमा पार्टिका नेताहरु र केहि सञ्चारकर्मिहरुसग कुरा गर्दै महामन्त्री कोइरालाले न्यायिक निकायहरु सरकार र कुनै राजनितिक दल बिशेषबाट प्रभाबित हुन नहुने बताएका हुन ।

राजनिती र सत्ताको आडमा कसै माथी अन्याय नहोस भन्नकै लागी लोकतन्त्रमा स्वतन्त्र न्याय पद्दतिको मान्यता स्थापित भएको स्मरण गर्दै कोइरालाले न्यायिक निकायहरुले निश्पक्षताका साथ काम गरेर सबैको बिश्वाश जित्न सक्नुपर्नेमा जोड दिए । न्यायिक संस्थाहरुले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुनेमा कोइरालाको जोड थियो ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रती इङ्गित गर्दै कोइरालाले उक्त निर्णय राजनितिक रुपमा पूर्वग्रही देखिएको टिप्पणी गरे ।नेपाली कांग्रेस स्थापनाकाल देखीनै भ्राष्टाचारको बिरुद्दमा रहेको भए पनि बालुवाटार जग्गा प्रकरणमा राजनीतिक प्रभावको आधारमा शक्तिशाली व्यक्तिलाई उन्मुति दिन खोजिएको प्रष्ट देखिएको बताए ।

कोइरालाले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने भन्दै सत्ताको आडमा कसैलाई उन्मुक्ती दिन खोजे स्विकार्य नहुने स्पस्ट पारे।

पछिल्लो समय सरकारले संबैधानिक आयोगहरु र सुरक्षा निकायहरुमाथि नियन्त्रणको प्रयास र लोकतन्त्र एबम जनभावना बिपरितका बिधेयकहरु ल्याइरहेको बेलामा देशका न्यायिक निकायहरु अझ निष्पक्ष निष्पक्ष हुनुपर्नेमा न्यायिक निकायहरुमाथीनै प्रश्न उठ्ने स्थिती आउनु दुखद भएको समेत कोइरालाले बताए ।

सरकार अधिनायकबादी बाटोमा हिड्न खोजेका बेला न्यायिक निकायहरु स्वतन्त्र र निश्पक्ष भए मात्रै लोकतन्त्र बलियो हुनेमा महामन्त्री डा. कोइरालाले जोड दिए ।

प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार  १ : ३४ बजे