भवनको अभावमा डडेलधुरा गन्यापधुरा गाउँपालिकामा रहेको एक आधारभुत विद्यालयमा विद्यार्थीहरु जिर्ण भवनमा पढाई गर्न वाध्य भएका छन् । गन्यापधुरा गाउँपालिका ३ नवलपुर गाउँमा रहेको आदित्य आधारभुत विद्यालयमा भवनको अभावमा विद्यार्थीहरु जिर्ण भवनमा पढाई गर्न वाध्य भएका हुन् ।
स्थापना कालदेखीकै भवन भएकाले विद्यालयका अधिकांस कक्षा कोठा जिर्ण भएका छन् । विद्यालयका भवनको पर्खालका ढुंगा निस्कीएका छन् भने केही पर्खाल चर्कीएका छन् । यसैगरी विद्यालयका झ्याल ढोका कुहीएर क्षती ग्रस्त भएका छन् । यसैगरी विद्यालयको छानामा लगाइएको काठ पनि कुहीएको छ । भवनका कोठाको जग समेत भत्कीन थालिएको छ । पुरानोभवन भएका कारण पर्खालका ढुंगा देखी छानो पनि जिर्ण भएको छ ।
पानी पर्दा छाना चुहीदा पढाई गर्नका लागि समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक जयराज अवस्थीले वताउँनु भयो । “विद्यालयको भवनको लागि सरोकारवाला निकाय संग पटक पटक आग्रह गर्दा पनि कसैले सुनवाई नगर्दा जोखिम मोलेरै विद्यार्थीलाई जिर्ण भवनमा पढाई गराउनु परेको छ ।,” प्राधानाध्याक अवस्थीले भने । “स्थानिय सरकार देखी प्रदेश सरकार सम्म भवन निर्माण गरिदिन आग्रह गरेयौ तर कसैले पनि सुनिदिएन । ”
झ्यालमा ढोका नभएकाले झ्याल नखोलीकनै वन्द कोठामा पढाई गर्ने गरेका छन् । हावाहुरी चल्दा कतिखेर भवन भत्कीने हो भन्ने डर लाग्ने गरेको विद्यार्थीहरु वताउँछन् । कक्षा आठ सम्म पढाई हुने यस विद्यालयमा २ सय ५० जना विद्यार्थी रहेका छन् ।
वाल विकासका कक्षा देखी कक्षा ६ सम्मका विद्यार्थीलाई जिर्ण वनेका भवनमा पढाई भईरहेको छ । २०४५ सालमा स्थापना भएको विद्यालयमा ७५ प्रतिशत दलित विद्यार्थी रहेका छन्। विद्यालयमा १२ कक्षा कोठा आवश्यक रहेकोमा हाल ५ कक्षा कोठा मात्रै राम्रा रहेका छन् भने सात कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ ।










