बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लगाउदा राजनितिक रुपमा पक्षपात गरेको भन्दै सरकार बिरुद्द लागउनेरनलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियान चलाईरहेका विवेकशील नेपाली दलका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त दलका नेता रन्जु दर्शना सहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानुलाई प्रहरिले प्रदर्शनका क्रममा पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको प्रदर्शनकारिहरुले आरोप लगाएका छन ।
विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई छाड्न माग गरेकी छन्।
‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं,’ उनले भनेकी छन्।








