बालुवाटार काण्डमा मुछिएका सबैलाई कार्बाहिको माग गर्दै काठ्माण्डौमा तरुण दलको प्रदर्शन



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै तरुण दलको नेतृत्वमा नेपाली कांग्रेसका भातृ संगठनहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

माइतीघबाट सुरु भएको विरोध र्‍याली नयाँबानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो ।

कांग्रेसका भ्रातृ संगठनहरूले अख्तियारले विभेद गरेको भन्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सरकार र अख्तियारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित कोणसभालाई नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्वान् गुरुङ र नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगानाले सम्बोधन गरेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्था विरोधमा उत्रिएका हुन्।

प्रकाशित मिति : माघ २६, २०७६ आइतबार  ८ : ३५ बजे