डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट गाउापालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न लागि परेका छन् । महिनै पिच्छे गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुको निरिक्षणका साथै विद्यालयको व्यवस्थापनका वारेमा जानकारी लिने गरेका छन् ।
यति मात्रै नभई कक्षा कोठामा गई विद्यार्थीको सिकाईका वारेमा समेत जानकारी लिने गरेका छन् । गाउँपालिका भरीमा रहेका साुमदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि योजनानै वनाएर गाउापालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले वताउँनु भयो ।“ प्रत्येक महिनामा विद्यालयहरुको छड्के चेकजाँच विद्यालयको सिकाईका वारेमा जानकारी लिई सुधार गर्नका लागि सुझाव दिने गरेका छौ ।, ”अध्यक्ष विष्टले भने । “ सुझाव दिदा पनि पालना नगर्ने शिक्षकलाई दण्डीत गर्ने काम गर्ने गरेका छौ । ”
यसैगरी शिक्षा नीतिमा नै पालिकाका सबै विद्यालयहरुलाई नमुना विद्यालय बनाउने लक्ष्य लिएको नवदुर्गा गाँउपालिकाका अध्यक्ष बिष्टले बताउनु भयो । नवदुर्गा गाँउपालिकाले दश ओटा विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरि शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरेको छ । गाँउपालिकाले प्रबिधीमैत्री र गुणस्तरीय शिक्षालाई आत्मसाथ गर्दै सबै बिद्यालयहरुमा ल्यापटप, ई हाजिरी, प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराइने निती अवलम्बन गरि कार्यक्रम अगाडी बढाएको छ ।
प्रत्येक वर्ष ५÷५ ओटा विद्यालयलाई नमुना विद्यालय बनाउदै अगाडी बढेको बताउदै नमुना विद्यालयहरुमा शैक्षिक सुधारका विभिन्न कार्यक्रम संचालन गरेको समेत अध्यक्ष बिष्टले बताउनु भयो । नमुना विद्यालयहरुमा ईन्टरनेटको व्यवस्थाका लागी काम अगाडी बढेको समेत अध्यक्ष बिष्टले बताउनुभयो । गाँउपालिकाभित्र रहेका माध्यमिक तथा आधारभुत गरि २८ ओटा विद्यालयहरुको विद्यार्थी सख्यामा वर्षेनी घट्दै गएकाले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउदै शिक्षामा गुणस्तरीयता कायम गर्ने उहाले बताउनुभयो ।
विद्यालयमा पुगेर शिक्षकहरुका समस्या संगै विद्यार्थीहरुको शैक्षिक अबस्थाबारे स्थलगत निरिक्षण गर्नाले आफुलाई कामगर्ने जागरमा थप बल पुगेको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञराज उप्रेतीले बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी स्थानियर सरकारले समय समयमा अनुगमन गर्नु जरुरी रहेको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो ।
गाँउपालिकाले साना कक्षाहरुमा बालवालिकाहरुलाई पठनपाठनमा चासो बढाउने उद्धेश्यले प्रोजेक्टर र एलईडि मोनिटरका माध्यमबाट समेत शिक्षण सिकाई क्रियाकलाप संचालनका लागी उपकरणहरु प्रदान गरेको छ ।
गाँउपालिकाका नमुना विद्यालयहरुमा ई हाजिरीको समेत व्यवस्था गरेको छ । गाँउपालिकाको शिक्षा नीतिमा प्रत्येक विद्यालयलाई प्रविधि हस्तान्तरण ल्यापटप, ई हाजिरी र प्रोजेक्टरको मात्तध्यमबाट पठनपाठन गर्ने कुरा उल्लेख भए अनुसार पालिकाले काम अगाडी बढाएको नवदुर्गा गाँउपालिकाका सुचना अधिकारी करुणाकर भट्टले बताउनुभयो ।