अहिलेको सरकारले शुसिल कोइरालाबाट सिक्न जरुरी छ : महामन्त्री डा.कोइराला



नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पूर्व प्रधानमन्त्री स्वर्गिय सुशील कोइराला त्याग र सादगिको पर्याय भएको बताएका छन ।

सुशील कोइरालाको पाँचौ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कल जिल्ला कार्यसमिति नवलपुर वर्दघाट सुस्ता पुर्वले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सुशील कोइरालाले देखाएको निष्ठा, त्याग र समर्पण नेपाली कांग्रेसको सम्पती भएको बताएका हुन ।

देशमा स्थिर बहुमतको सरकार हुँदा पनि भ्राष्टाचार नरोकिएको र सरकार र सरकारका मन्त्रीहरु उल्टै भ्राष्टाचारमा लिप्त भएको अहिलेको अवस्थामा सुशील कोइरालाको जिबनीबाट सबैले पाठ सिक्न जरुरी रहेको कोइरालाले उल्लेख गरे ।

संविधान जारी नगर्दै पहिलो पहिलो संविधानसभा बिघठन भएको अत्यन्तै असहज राजनितिक परिस्थीतिमा समेत कोइरालाले मुलुकलाई संविधान दिदै राजनितिक स्थिरता र सुशासनको बाटोमा अघी बढाएको स्मरण गर्दै महामन्त्री कोइरालाले अहिलेको सहज अवस्थामा समेत बर्तमान सरकारले ढाटछल बाहेक अरु केहि गर्न नसकेको जिकिर गरे ।

समाज र राजनितिलाई सदाचार र दृढ अठोटको बाटोमा हिडाउन सके मात्रै स्वर्गिय सुशील कोइरालाप्रती न्याय गरेको ठहरिने महामन्त्री कोइरालाले उल्लेख गरे ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै महामन्त्री कोइरालाले सुशीलदा आफ्नो जिवनको सुरुवात देखिनै सदैव अभिभावकको रुपमा रहेको र आफ्नो परिवारलाई सहायता गरेको समेत स्मरण गरे ।

 

प्रकाशित मिति : माघ २७, २०७६ सोमबार  ४ : ३७ बजे