ट्राफिक प्रहरीको सक्रियताले डडेल्धुरामा दुर्घटनामा कमी



देशका विभिन्न स्थानमा सडक दुर्घटनामा वृद्धि भईरहेका समयमा डडेल्धुरामा भने सडक दुर्घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरीको सक्रियताका साथै चालक र सवारी धनीको सजगताका कारण डडेलधुरामा गत वर्षको भन्दा चालु आर्थीक वर्षको ७ महिनाको अन्तीम साता सम्ममा सडक दुर्घटनामा कमी आएको हो ।

चालु आर्थीक वर्षको सात महीनाको अन्तीम साता सम्म डडेल्धुरामा तिन वटा मात्रै सडक दुर्घटना भएका छन् । जस्मा दुई जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । एक ट्याक्टर, एक मोटर साईकिल र एक जिप मात्रै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख देव वहादुर खत्रीले वताउँनु भयो । “गत वर्ष भन्दा यो वर्ष सडक दुर्घटना कम भएको छ । ” प्रमुख खत्रीले भने । “तर जिल्लामा दरवन्दी अनुसारका जनशक्ती नहुँदा सोचे अनुसारको काम गर्न सकिएको छैन । ”

जिल्लामा ट्राफिक प्रहरी कार्यालय डडेल्धुरामा प्रमुख सहित १४ जनाको दरवन्दी रहेको भएपनि हाल प्रमुख सहित आठ जना मात्रै रहेका छन् । जस्मा २ जना जोगवुढा र १ जना सकायलमा रहेकाले हाल स्याउलेमा रहेको जिल्ला कार्यालयमा ५ जना मात्रै रहेका छन् । दरवन्दी अनुसारका ७ र ४ हवलदार २ जना असई ,सई ,जनशक्ती नहुँदा तिन जनाको भरमा संचालन भएको छ । सुदुरपश्चिम प्रदेशको पहाडि जिल्लाको प्रमुख केन्द्रका रुपमा रहेको डडेल्धुरामा जनशक्ती अनुसारको ट्राफिक प्रहरी नहुँदा यातायातको निगरानी गर्नका लागि समस्या हुने गरेको ट्राफिक प्रहरीले वताएको छ ।

जिल्लाको प्रमुख राजमार्ग देखी ग्रामिण सडकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । चालु आर्थीक वर्षको सातौ महिनाको अन्तीम सातामा पुग्दा सम्म वस दुर्घटना भएको छैन ।गत आर्थीक वर्षमा डडेल्धुरामा १६ सडक दुर्घटना भएका थिए । जस्मा परेर ३५ जनाको मृत्यु भएको थियो भने १ सय २९ जना घाईते भएका थिए ।

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  १ : २३ बजे