नमहाभारत जोगाउँन डिभिजन वन कार्यालय डडेलधुराको पहल



डडेलधुराको मुटुको रुपमा रहेको महाभारत संरक्षीत वन लाई जोगाउनका लागि डिभिजन वन कार्यालय डडेलधुराले विभिन्न कार्यक्रम गर्न थालेको छ । आगलागि, छाडा चौपायको चरिचरनका साथै मानिसहरुका कारण जिल्लाको महाभारत वन विनास हुन सक्ने भएकाले सोको संरक्षण गर्नका लागि भन्दै डिभिजन वन कार्यालय डडेल्धुराले विभिन्न कार्यक्रम गर्न थालेको हो ।

महाभारत वनको संरक्षणका लागि अन्र्तक्रियाका साथै जनचेतनका लागि होडीङ लगाउँने,प्रचार प्रसार गर्ने लगायतका काम भईरहेका छन् । महाभारत वन पर्ने अमरगढी नगरपालीका,भागेश्वर गाउँपालिका,आलिताल गाउापालिका ,पर्शुराम नगरपालीका सहित गन्यापधुरा गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रम गरिरहेको छ ।

यसैक्रममा डिभिजन वन कार्यालय डडेलधुराले वुधवार अमरगढी नगरपालकिा वडा नम्वर १,२ र ३ नम्वर वडाका विभिन्न सामुदायिक वनका पदाधिकारी,तिनवटै वडाका जनप्रतिनिधिहरु संग महाभारत वन क्षेत्रको संरक्षण कसरी गर्न सकिन्छ भन्ने वारेमा अन्तक्रिया कायृक्रमको आयोजना गरेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विस्वमणी आचार्यको अध्यक्षतामा समपन्न भएको अन्र्तक्रिया कार्यक्रममा महाभारत वन क्षेत्रका प्रभावित क्षेत्रका स्थानिय वासीन्दाले खेल्नु पर्ने भुमिकाका साथै स्थानिय सरकार र डिभिजन वन कार्यालय डडेल्धुराले गर्नु पर्ने सहयोगमा वारेमा छलफल गरिएको थियो ।

सो कार्यक्रममा वोल्दै तिनवटै वडाका वडा अध्यक्षहरुले पहिला प्रभावित क्षेत्रका स्थानिय वासीन्दाहरुले आफ्नो व्यवहारमा सुधार गर्नु पर्ने कुरामा जोड दिएका थिए । यो वा त्यो रुपमा स्थानिय वासीन्दाका कारणनै महाभारत वन क्षेत्र संकटमा पर्दै गईरहेकाले त्यस्लाई वचाउँनका लागि स्थानिय सरकारले गर्नु पर्ने सहयोग आफुहरुले गर्ने प्रतिवद्धता समेत उहाहरुले व्यक्त गर्नु भएको थियो ।

डिभिजन कार्यालय डडेलधुराका प्रमुख आचार्यले कार्यक्रममा सहभागिहरुलाई महाभारत वन क्षेत्रनै डडेलधुरा वासीको पानीको मुहान देखी काठ र देवीदेवताको वास स्थान पनि भएकाले त्यस्को संरक्षण गर्नु पर्ने डडेल्धुरा वासीको अहम भुमिका हुने विचार खाख्न आग्रह गर्नु भएको थियो । यसैगरी प्रमुख आचार्यले अवका दिनमा सामुदायिक वनका जुनसुकै गतिविधि गर्दा पनि स्थानिय सरकारको सहभागितामा गर्न सुझाव समेत दिनु भएको थियो ।

साथै प्रमुख आचार्यले वन ऐनका वारेमा जानकारी गराउँनु भएको थियो ।यसैगरी आजको छलफलमा डडेल्धुराको महाभारत वन संरक्षीत क्षेत्रको कार्ययोजना वनी सकेको भएपनि नेपालको राजपत्रमा उल्लेख नगर्दा लागु हुन नसकेकाले स्वीकृत गराउँनका लागि पहल गर्नु निर्णय समेत गरिएको जनाइएको छ । डडेल्धुरामा ५३ हजार ०१४ हेक्टरमा महाभारत वन क्षेत्र रहेको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार  ४ : ०३ बजे