सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा नेकपा लगायत अन्य पार्टी परित्याग गरी सयौ स्थानियहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।नेपाली कांग्रेसको थुलुङदूधकोशी गाउँपालिका कार्यसमितिले मुक्ली स्थित गाउपालिका प्राङ्गणमा आयोजना गरेको खुला सभामा उनिहरु कांग्रेसमा प्रबेश गरेका हुन ।
नबप्रबेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथी कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले पार्टिमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले बर्तमान सरकार र नेकपासगा नागरिकहरुको आशा र बिश्वाश समाप्त भइसकेकोले देशैभरी कांग्रेसप्रती जनआकर्षण बढी रहेको बताए ।कोइरालाले कम्युनिष्ट हरुबाट देशको बिकाश असम्भब रहेकोले नेपाली कांग्रेसलाई एकजुट बनाउदै अब देश निर्माणमा जुट्नुपर्ने समय आएकोमा जोड दिए ।
डा. कोइरालाले नेपालमा कृषी , पर्यटन , र जलबिधुत लगायतको अथाह सम्भाबना हुँदा हुँदै राष्ट्र गरीब रहनु दुखद भएको समेत उल्लेख गरे ।
महामन्त्री कोइरालाले कृषिको ब्यबसायिक बिस्तार गरेर नागरिकहरुको जनजिबिकाको उत्थान गर्न जरुरी रहेकोमा जोड दिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसिले सोलुखुम्बुमा पछिल्लो समय बिकाश निर्माणका काम अघी बढ्न नसकेको बताए ।नेता केसिले कांग्रेस पराजित हुँदा जिल्लाको बिकाशमा असर परेको उल्लेख गरे ।नेता केसिले पछिल्लो समय जिल्लामा भ्रष्टाचार बढेकोमा समेत चिन्ता प्रकट गरे ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य धनराज गुरुङले सरकारले जनतालाई आफ्नो क्षमता भन्दा बढी आशा देखाएकोमा असन्तुष्टी ब्यक्त गर्दै ऋण काढेर रेल बनाउनु देशका लागि हितकर नभएको धारणा राखे ।

तेस्तै कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य गगन कुमार थापाले सरकार बनेको दुइ बर्ष बितिसक्दा पनि प्रधानमन्त्री केपी ओलिले दाबी गरे अनुसार कुनै काम हुन नसकेको आरोप लगाए ।नेता थापाले बर्तमान कम्युनिष्ट सरकारको कार्यकाल देशका लागी क्षतिपुर्ण हुने दाबी गरे ।
तेस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सोलुखुम्बुकका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसको एकतामा जोड दिए ।नेता कार्किले नेपाली कांग्रेस एकजुट भए कसैले हराउन नसक्ने र देशको बिकासले समेत गती लिने दाबी गरे ।

नेता कार्किले देशको अर्थतन्त्र सन्तोषजनक अवस्थामा नरहेको भन्दै सरकारको दाबी झुटो रहेको बताए ।उत्पादनमुलक क्षेत्रमा लगानी बढ्न नसकेको उल्लेख गर्दै सरकारले देशमा लगानिमैत्री बाताबरण बनाउन नसकेको धारणा राखे ।
कार्किले जलबिधुत , पर्यटन जस्ता सम्भाबना बोकेका क्षेत्रमा लगानी बढाएर देशले लाभ लिनसक्नुपर्नेमा जोड दिए ।
कायक्रममा सोलुखुम्बु कांग्रेसका सभापति विनोद बस्नेतले सोलुखुम्बुमा बढी रहेको भ्रष्टाचारका प्रती कांग्रेसले जनतालाई सचेत गराइरहेको बताए । सभापती बस्नेतअले नेकपाले जितेका स्थानिय तहहरुमा भ्रष्टाचार र ज्यादति बढेको समेत आरोप लगाए ।
कायक्रममा सोलुखुम्बुका नेताहरु धनजन राई, छत्रध्वज बस्नेत, नातीकाजी गुरुङ, हुत्तराज बस्नेत, खिलाराज बस्नेत, जीवन गुरुङ, शुभराम बस्नेत र नेविसंघ सोलुखुम्बुका अध्यक्ष आस्विन थापा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष महेन्द्रदीप राईको सभापतित्वमा भएको थियो ।








