संसद सचिवालयमा महराले सफाई पाएको पत्र दर्ता



निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

गत असोज १९ गते पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् ।

अदालतको सफाई पाएसँगै महरा हिजै कारागारबाट रिहाई भएका थिए ।

अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नेछन् ।

महराले सफाई पाएको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

महराले सफाई पाएको कुरा सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार  १ : २२ बजे