स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले विज्ञप्ति जारी गर्दै सरकार र त्रिभुवन विश्वविद्यालयले षड्यन्त्रपूर्ण रुपमा निर्वाचन स्थगित गरेको आरोप लगाएका छन्। निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसँग कुनै छलफल नै नगरी स्थागित गरेरे सरकार र विश्वविद्यालय स्ववियुको अस्तित्व समाप्त पार्ने अभियानमा लागेको नेविसंघको आरोप छ।
महामन्त्री भट्टराईले बिज्ञप्ती मार्फत विश्वविद्यालयको कदमविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी विद्यार्थीलाई गोलबद्ध हुन पनि आग्रह गरेका छन । । मंगलबार त्रिभुवन विश्वविद्यालयले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन स्थगित गरेको थियो।








