नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बिहीबार बसेको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिशनको मागेको अडियो बाहिरिएपछि सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको हो ।
बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने स्पष्ट पारे । बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले बैठक स्थगित भएको घोषणा गरे ।
उनले अविलम्ब सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने र अडियोनै बाहिर आएपछि सो बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग गरे । निष्पक्ष छानबिनको प्रक्रिया अघि नबढ्दासम्म र घटनाबारे प्रधानमन्त्रीले जवाफ नदिएसमम संसद चल्न नसक्ने देवले बताए ।








