सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा



सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

उनको राजिनामाकै बिषयमा आज बिहान एघार बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बीच बालुवाटारमा भेटवार्ता र कुराकानी समेत भएको थियो ।

यसै बिच मन्त्री बास्कोटाको राजिनामाका बारेमा सभामुख अग्नी प्रसाद सापकोटाले आजको प्रतीनिधीसभा बैठकमा जानकारी गराएका छन । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनमा जानकारी गराउँदै भने, ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ।’

उनले सदनमा भनेका छन् – अनौपचारिक रूपमा राजीनामा गरेको जानकारी प्राप्त भएको छ।

प्रतिनिसभा बैठकमा पनि कांग्रेस सचेतक भुसालले अनियमिततामा मुछिएका मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गरेकी थिइन् ।उनले बास्कोटाले गरेको भष्टाचारको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलिले लिनुपर्ने समेत माग गरिन् ।

मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।

मन्त्री बाँस्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भए पछी उनि माथी राजिनामा गर्न दबाब बढेको थियो ।

प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहिबार  ९ : ३७ बजे