गोकुल बास्कोटामाथीको छानविनमा सहयोग गर्ने नेकपा सचिवालयको निर्णय,एमसिसिका बारेमा हुन सकेन निर्णय



सत्तारूढ नेकपाले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरणका बारेमा अनुसन्धान गर्न सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाको कमिसन प्रकरणका बारेमा छलफल भएको र यससम्बन्धी अख्तियार लगाएतले छलफल गरेको बारेमा चर्चा भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले यस बिषयमा छानविनका लागी पार्टीले सहयोग गर्ने बताए ।

बैठकमा अमेरिकी परियोजना एमसिसीका बारेमा छलफल भएको उनले बताए ।

एमसीसीका बारेमा अध्ययन गर्न गठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनमा रहेका बिषयहरु राखेको थापाले बताए ।  आगामी बैठकमा प्रतिवेदनमाथि विस्तृत छलफल हुने उनले जानकारी दिए ।

एमसिसिका बारेमा दुई घण्टा लामो छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको र अर्को बैठक बसेर निर्णय लिइने पार्टीका सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

एमसिसीबारेको विवाद निरूपणका लागि नेकपा केन्द्रीय कमिटी बैठकले खनाल, स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल बनाएको थियो । अध्ययन कार्यदलले २० दिनपछि शुक्रबार प्रतिवेदन बुझाएको थियो । एमसिसी संशोधनबिना पास गर्न नहुने सुझावसहित कार्यदललले प्रतिवेदन दिएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार  १ : ४८ बजे